काठमाडौ । कारागारका थुनुवालाई छुटाउने भन्दै ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका घर भएर कपन बस्ने शिशिर कुमार भट्ट छन् ।
३७ वर्षीय भट्टलाई काठमाडौंको माइतीघरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बैंकिङ कसुर र बैदेशिक रोजगार मुद्दामा उच्च अदालतको आदेशले डिल्लीबजारमा रहेका अभियुक्तलाई छुटाउँछु भनेर भट्टले ९ लाख ८० हजार ठगी गरेको प्रहरीको भनाइ छ । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ चैत्र २०८०, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी
भीमफेदी कारागार तोडेर फरार भएका कैदी बारामा चोरी गर्दा पक्राउ
कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई
केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ