काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुदको बजेट अपर्याप्त रहेको भन्दै आगामी वर्ष बजेटमा वृद्धि हुने आशा व्यक्त गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औँ वार्षिकोत्सवको अवसरमा बुधबार मन्त्री श्रेष्ठले खेल क्षेत्रका विकासका लागि अनेकन स्थानबाट बजेट माग हुँदै आए पनि सो अनुरूप निकासा या परिपूर्ति गर्ने अवस्था नरहेको बताए ।
तथापि, आगामी वर्षको बजेटमा भने वृद्धि हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट विश्वास प्रदान भएको मन्त्री श्रेष्ठले जानकारी दिए । साथै अब खेलाडीहरूले पाउनुपर्ने पुरस्कार पनि छिट्टै निकासा गर्न प्रधानमन्त्रीबाट निर्देशन भइसकेको उल्लेख गर्दै त्यसप्रति आभार व्यक्त गरे । उनले खेल क्षेत्र राष्ट्रिय एकता र पहिचानको माध्यम रहेको धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ चैत्र २०८०, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतान्तरले विजयी
नेपालको राजनीतिमा तेस्रो ध्रुव जन्मियो : विराजभक्त श्रेष्ठ
भ्रष्टाचारको पैसा सफ्टवेयरबाट बाँड्नेहरू हामीलाई सदनमा प्रतिबन्ध लगाउन खोज्दैछन्: विराजभक्त श्रेष्ठ
सरकारलाई रास्वपा सांसद श्रेष्ठका ५ सुझाव