बालिका बलात्कारको अभियोगमा १९ वर्ष कैद फैसला

सफल खबर संवाददाता

बुधबार, २१ चैत्र २०८०, १४ : ०८
बालिका बलात्कारको अभियोगमा १९ वर्ष कैद फैसला

 तनहुँ। बालिका बलात्कारका एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाइएको छ ।तनहुँ जिल्ला अदालतका जिल्ला न्यायाधीश आत्मदेव जोशीको मङ्गलवारको इजलासले सजाय निर्धारणमा अन्तिम आदेश सुनाउँदै अभियुक्त म्याग्दे गाउँपालिका–५ का सन्दीप विकलाई १९ वर्ष कैद फैसलाको निर्णय गरेको हो ।

साथै अभियुक्तबाट पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए ।

उक्त मुद्दामा तनहुँ जिल्ला अदालतमा आठ पटक पेसी तोकिएको थियो । परिवर्तित नाम २०७९ (१) लाई जबर्जस्ती करणी गरेको अभियोगमा उनीविरुद्ध विसं २०७९ साउन २६ गते जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो ।​

आरोपितविरुद्ध बालिकाका आफन्तले विसं २०७९ साउन १ गते इलाका प्रहरी कार्यालय भीमादमा उजुरी दिएका थिए ।

आरोपितले विसं २०७९ असार २९ गते पोखराकी उक्त बालिकालाई मोटरसाइकलमा तनहुँको भीमाद बजारमा ल्याई एक गेष्ट हाउसमा राखी बलात्कार गरेको पीडित परिवारले उजुरीमा उल्लेख गरेका थिए ।प्रहरीले विकलाई साउन १ गते पक्राउ गरेको थियो ।

प्रहरीले आरोपितविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमाफत साउन २६ गते बलात्कारसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गरेको थियो ।गत साउन २७ गतेदेखि उनी पुर्पक्षका लागि थुनामा थिए । 

प्रतिक्रिया दिनुहोस