काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई संसदीय समितिको छानबिन समितिमा अबको बहस गर्ने चेतावनी दिएका छन ।प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन् ।
सहकारी ठगिमा रास्वपाका अन्य नेताहरुपनि संलग्न भएको विषय बाहिर आएको बताउदै आम जनताको ८० करोड रकम हिनाबिना गरिएको बताए ।साथै महामन्त्री शर्माले जीबी राईलाई नेपाल ल्याउन ढिलाई गरेको आरोप लगाएका छन् । उनले राई गृहमन्त्रीको सम्पर्कमा रहेको समेत दाबी गरेका छन् ।
उनले भने- 'राई मलेसियामा छन् दुनियाँलाई थाहा छ । मलेसियाको कानून पनि हेर्नुहोला । जीवी राईलाई ल्याउने कुरामा के कुराले ढिलाइ भयो। मैले आरोप लगायो नभनौं तर हामीले पाएको सूचना अनुसार उहाँ गृहमन्त्रीको सम्पर्कमा हुनुहुन्छ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ चैत्र २०८०, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा