एसएमएस फ्रेन्डसिप कप : नेपाल गुजरातसँग भिड्दै

सफल खबर संवाददाता

बुधबार, २१ चैत्र २०८०, १० : १५
एसएमएस फ्रेन्डसिप कप : नेपाल गुजरातसँग भिड्दै

काठमाडौ । एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बुधबार) पुनः गुजरातसँग खेल्दैछ। 

गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा हुने खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ। 

आजको खेलमा नेपाल लतागार तेस्रो जितको खोजीमा हुँदा गुजरात भने पहिलो जितको स्वाद लिने योजनामा छ।

पहिलो खेलमा गुजरातलाइ ८ विकेटले पराजित गरेको नेपाल गुजरातमापथ लगातार दोस्रो पटक जित निकाल्न चाहन्छ। 

नेपाली टोलीले आफ्नो दोस्रो खेलमा मंगलबार बरोडालाई २७ रनले हराएको गरेको हो। 

उता गुजरात भने नेपाली टोलीलाई हराउँदै पहिलो खेलमा भोगेको हारको बदला लिन चाहान्छ। गुजरातले दोस्रो खेलमा बरोडासँग ५ विकेटले पराजित भएको थियो। 

नेपालले शुक्रबार बरोडा विरुद्ध पुनः खेल्नेछ। शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्।

 

प्रतिक्रिया दिनुहोस