समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा आवेदन माग

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, १० : ५८
समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा आवेदन माग

काठमाडौ । संवैधानिक परिषदले राष्ट्रिय महिला आयोगमा रिक्त एक सदस्य र राष्ट्रिय समावेशी आयोगमा रिक्त हुन लागेको अध्यक्ष पदका लागि इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको छ ।

परिषदले अभिलेख राख्ने प्रयोजनका लागि भन्दै नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपालीहरूबाट आवेदन माग गरेको हो । अबको १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटको ‘सूचना तथा समाचार’ खण्डभित्र उपलब्ध फारम भरी विद्युतीय प्रतिसहित बुझाउन वा संवैधानिक परिषदको सचिवालयको इमेल ठेगानामा [email protected] मा पठाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस