काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ शिवचोकस्थित निला गुरुङको टहरोमा आगलागी हुँदा मृत्यु भएको छ ।
सोमबार बिहान भएको आगलागीमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भएका ७० वर्षीय भरत तिमल्सिनाको जलेर मृत्यु भएको प्रहरीलेजनाएको छ ।
टहरोमा धुवाँ आएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई जलेर मृत्यु भएको अवस्थामा फेला पारेको थियो ।
यसबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगोमा जलेर २ जनाको मृत्यु
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो