एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले लगातार तेस्रो हार बेहोरेको छ ।
गएराती सम्पन्न खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले पराजित गरेको हो ।
मुम्बईले दिएको १२६ रनको लक्ष्य पछाएको राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १२५ रन मात्र बनाएको थियो ।
यो यस सिजनमा मुम्बई इण्डियन्सको लगातार तेस्रो हार हो । त्यस्तै राजस्थान रोयल्सले भने यस सिजनमा लगातार तेस्रो जित हासिल गरेको छ । ३ खेलमा ६ अंक हासिल गरेको राजस्थान अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
आइपिएल : मुम्बईमाथि कोलकोता २४ रनले विजयी
आइपिएल : लखनउसँग मुम्बई पराजित, प्लेअफको सम्भावना सकियो
आइपिएलमा आज लखनउ र मुम्बई भिड्दै
आइपिएल : दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी
आइपिएल : लखनउमाथि राजस्थानको सहज जित