ग्लोबल आईएमई बैंकले गर्‍यो सातै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

सफल खबर संवाददाता

आइतबार, १८ चैत्र २०८०, १६ : १४
ग्लोबल आईएमई बैंकले गर्‍यो सातै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक २०२४’को अवसरमा सप्ताहव्यापी रुपमा सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको छ ।

प्रदेश कार्यलयहरूको संयोजनमा सातवटै प्रदेशमा युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको बैंकले जनाएको छ ।

 

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुहरूका बारेमा जानकारी गराइएको थियो ।यसैगरी, बैंकले ग्‘लोेबल मनी वीक २०२४’को अवसर पारेर देशव्यापी रुपमा वित्तीय कार्यक्रमहरू आयोजना गरिरहेको छ ।

अहिलेसम्म सम्पन्न विभिन्न कार्यक्रमहरूमा १४ हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको थियो ।

यसका साथै, ग्लोबल आईएमई बैंकले आफ्ना ३५४ वटै शाखाहरूमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रबर्द्धन कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको छ ।ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।

ग्लोबल आईएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ । 

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस