एमाले बाराको अध्यक्षमा चार जनाको दावी

सफल खबर संवाददाता

आइतबार, १८ चैत्र २०८०, १० : ३२
एमाले बाराको अध्यक्षमा चार जनाको दावी

बारा । नेकपा एमाले बाराको ११औं जिल्ला अधिवेशन भोली चैत १९ गते सोमबारदेखि सुरु हुँदै छ। १९ र २० चैत हुने अधिवेशनबाट नयाँ जिल्ला कमिटी बन्नेछ। 

एमाले बाराको अधिवेशनको उद्घाटनसत्र होटल करण राज प्यालेसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ भने बन्दसत्र कलैयास्थित जानकी सिनेमा हलमा हुँदै छ। अधिवेशनको खुल्ला सत्रमा एमालेले १० हजारभन्दा बढीका जनसहभागिता गराउने योजना बनाएको एमाले बारा जिल्ला अध्यक्ष विनोद साहले जानकारी दिए। 

अधिवेशनका लागि जिल्लाका १६ स्थानीय तह र पेसागत संगठनहरूबाट ७ सय ३५ जना प्रतिनिधि छनोट भएर आएका छन्।

एमाले बाराको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षको लागि चार जनाले आकांक्षा देखाएका छन्। अध्यक्ष पदका आकाक्षीहरुले अधिवेशनका प्रतिनिधिहरुसंग भेटघाट र मत माग्न सुरु गरिसकेकाछन्। यसअघिको अधिवेशनमा सर्वसम्मतबाट जिल्ला नेतृत्व चयन गरिएको भएपनि यसपटक भने मतदानबाट नेतृत्व चयन हुने देखिएको छ।

अध्यक्षको लागि कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख भरत बहादुर भण्डारी, तिन कार्यकाल जिल्ला सचिब भएका अध्यानन्द पाण्डे, एम.समिउल्लाह र नेकपा एमाले बाराको बर्तमान उपाध्यक्ष टिना सुबेदी आकांक्षा देखाएका छन्।

अध्यक्षका आकांक्षी शालीन स्वभावका भरत बहादुर भण्डारी कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख हुन्। उनी नेकपा एमाले बारा जिल्ला सचिवालय कमिटी सदस्य एवं क्षेत्रीय कमिटीका संयोजक समेत हुन्। 

जिल्ला अध्यक्ष बन्ने इच्छा बनाएका अध्यानन्द पाण्डे जिल्ला कमिटी बारामा तिन पटक सचिब भईसकेका छन् भने पाण्डे जिल्ला कमिटी उपाध्यक्ष समेत थिए । उनी बाराबाट एमाले महाधिवेशन प्रतिनिधि समेत हुन भने उनी बलबिर चौधरी निकट भएको बताइएको छ।

जिल्ला अध्यक्षका अर्का आकांक्षी एम समिउल्लाह बारा जिल्ला कमिटी २०७३ मा निर्वाचित भएका थिए। उनी बाराबाट एमाले महाधिवेशन प्रतिनिधिमा छनैट भएका थिए। 

प्रतिक्रिया दिनुहोस