अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

एजेन्सी

आइतबार, १८ चैत्र २०८०, ०८ : २७
अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

एजेन्सी । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल टाईलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यस्तै अब्दुलरहमान घरीब र ओटाभियोले एक एक गोल गरेका थिए । त्यसैगरी अल टाईका भिर्गिल मिसिडजानले एक गोल फर्काएका थिए ।

यस खेलमा अल टाईका भिर्गिल मिसिडजानले खेलको ३६औं मिनेटमा रातो कार्ड पाएपछि अल टाई १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि अल नासरको २५ खेलमा ५९ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको अल हिलाल भन्दा अल नासर १२ अंकले पछाडी रहेको छ । त्यसैगरी अल टाईको भने २५ खेलमा २२ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस