संवैधानिक परिषद्को बैठक बस्दै, रिक्त पदपूर्तिको तयारी

सफल खबर संवाददाता

आइतबार, १८ चैत्र २०८०, ०७ : ५६
संवैधानिक परिषद्को बैठक बस्दै, रिक्त पदपूर्तिको तयारी

काठमाडौ । संवैधानिक परिषद्को बैठक आइतबार बस्दैछ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा रिक्त रहेका संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने बताइएको छ । 
नियुक्तिकै विषयमा प्रधानमन्त्री प्रचण्डले शनिबार विपक्षी दलका नेता देउवा र सत्ता साझेदार दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । उक्त छलफल सकारात्मक बनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ । अहिले महालेखा परीक्षकसहित विभिन्न संवैधानिक निकायमा पद रिक्त रहेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस