काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले देखेको आशा र आकांक्षालाई पूरा गर्ने शर्तसहित आएकाले घण्टीमा भोट हाल्न सोच्न नपर्ने बताएका छन् ।
इलाम २ को उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेसम्म व्यक्तिले जिते पनि इलामले हारिरहेको भन्दै अब नेतृत्व परिवर्तन गर्न आग्रह गरे । उनले भने, ‘अहिलेसम्म व्यक्ति र पार्टीले जित्यो, इलामले सधैं हारिरह्यो । यदि इलामले जित्थ्यो भने इलामवासीले यति धेरै समस्या भोग्नुपर्दैनथ्यो । इलामको समस्याको समाधान गर्न सकिने समय आएको छ । तर, समस्याको समाधान हुन सकिरहेको छैन । त्यसलाई चिर्ने जिम्मेवारी तपाईंको काँधमा आएको छ । त्यसका लागि पहिला नेतृत्व परिवर्तन गर्न आवश्यक छ । परिस्थितिले मिलन लिम्बूमार्फत् पूर्वमा रास्वपाले ढोका खोल्ने मौका पाएको छ ।’
उनले आफ्नो दल त्याग नगरे पनि देश परिवर्तन गर्ने अभियानमा सहयोग गर्न घण्टीमा मत हाल्न आग्रह गरे । उपप्रधान एवं गृहमन्त्री रहेका रास्वपा सभापति रविले भने, ‘पार्टीहरुले नेता र उम्मेदवारहरु त दिए । तर, उनीहरुले अवसरलाई व्यक्तिगत लाभलाई प्रयोग गरेर मुलुकलाई हरिकंगाल बनाए । जसले मुलुकको यो हालत बनाए, उनैलाई भोट त म दिन्नँ भन्नुुस् । म स्पष्ट आग्रह गर्छु तपाईंहरुलाई पार्टी त्याग्न पर्दैन, अब घण्टी चुनाव चिन्ह आएको छ, अब सोच्नु पर्दैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ चैत्र २०८०, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता
रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
त्याग गर्नेहरूको सूचीमा मेरो नाम पहिलो नम्बरमा दर्ज गराइसकेको छु : रवि लामिछाने
तारिख बुझ्न जिल्ला अदालत कास्की पुगे रवि लामिछाने
रवि र बालेनबिच ७ बुँदे सहमति, यस्तो छ सहमतिको पूर्णपाठ
रवि–बालेनको ‘डबल गेम’ : एक पार्टी कि चुनावी गठबन्धन ?