काठमाडौँ । सभामुख देवराज घिमिरेले आज प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्ने भएका छन् । संसद्को अवरोध, नयाँ कार्यतालिका, संसद्को प्रभावकारिता लगायतका विषयमा छलफल हुन लागेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
छलफलमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका प्रमुख सचेतक र सचेतकहरूलाई आमन्त्रण गरिएको छ ।
संसद् बैठक भोलि बस्ने भएकोले त्यसअघि प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले परामर्श गर्न लागेका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ चैत्र २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त