काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार इलाम-२ को उपनिर्वाचनका लागि औपचारिक उम्मेदवार घोषणा गर्दैछ ।
रास्वपाले दलबलसहित शनिबार दिउँसो १ बजे इलाम नगरपालिका- ७ लाँकुरी चौताराको चोक बजारमा उम्मेदवारी घोषणा गर्न लागेको हो ।
रास्वपाले बिहीबार मात्रै इलाम-२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उम्मेदवारी घोषणा सभालाई सभापति रवि लामिछाने र उपसभापति डा.स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी, सह-प्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य तोसिमा कार्कीलगायतका नेताले सम्बोधन गर्ने छन् ।
आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका छ

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ चैत्र २०८०, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा केन्द्रीय सदस्यका लागि मतदान सकियो
महाधिवेशनपछि पनि रास्वपा अन्योलमै : सामाजिक लोकतन्त्रको दाबी, संघीयता र संविधानमा अस्पष्टता
रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी
रास्वपा केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी, ९ बजे नामावली प्रकाशन गरिने
रास्वपा सभापतिमा रवि निर्विरोध चुनिएपछि मध्यराति बालेनले लेखे: ‘शुभकामना हाम्रो पार्टीलाई’