बुढीगण्डकी आयोजना प्रभावितलाई ४३ अर्ब मुआब्जा वितरण

सफल खबर संवाददाता

शुक्रबार, १६ चैत्र २०८०, १२ : २८
बुढीगण्डकी आयोजना प्रभावितलाई ४३ अर्ब मुआब्जा वितरण

काठमाडौँ । बुढी गण्डकी जलविद्युत् आयोजना प्रभावितलाई ४३ अर्ब रुपैयाँ मुआब्जा बाँडिएको छ । डुबान क्षेत्रमा पर्ने जग्गा र संरचनाको मुआब्जाबापत करिब ४३ अर्ब मुआब्जा वितरण गरिसकिएको बुढी गण्डकी जलविद्युत् कम्पनी लिमिटेडले जनाएको छ ।

झन्डै ९५ प्रतिशत मुआब्जा बाँडिसकिएको कार्यालयले जनाएको छ । गोरखा र धादिङको सीमा क्षेत्रमा रहेको बुढी गण्डकी जलविद्युत् आयोजनाका कारण धादिङका १३ र गोरखाका १४ गरी साबिक २७ गाविसका बासिन्दा प्रभावित हुनेछन् ।

आयोजनाले ३ हजार ५ सय ६० परिवार पूर्ण रूपमा विस्थापित हुनेछन् । बुढीगण्डकीको बाँधको उचाइ २६३ मिटर हुनेछ । गोरखाको गण्डकी गाउँपालिकादेखि आरुबाट गाउँपालिकासम्म डुबानमा पर्ने २ हजार ५ सय ६६ हेक्टर खेतीयोग्य जमिनमा ६३ वर्ग किलोमिटर फराकिलो जलाशय बन्नेछ ।

 

प्रतिक्रिया दिनुहोस