काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रशासनिक भवन निर्माणमा अनियमितता गरेको आरोपमा पासमानका साथै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतद्वय जगदीश मण्डल र बुद्धिमान दनुवारविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार लेखापाल प्रविनकुमार महतो र निर्माण व्यवसायी महालक्ष्मी/पाण्डे एन्ड कम्पनी/ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवलाई पनि प्रतिवादी बनाइएको छ ।
उनीहरूविरुद्ध १ करोड ८ लाख रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिबाना र कैद दुवै सजायको मागदाबी आयोगले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ चैत्र २०८०, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर