काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रशासनिक भवन निर्माणमा अनियमितता गरेको आरोपमा पासमानका साथै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतद्वय जगदीश मण्डल र बुद्धिमान दनुवारविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार लेखापाल प्रविनकुमार महतो र निर्माण व्यवसायी महालक्ष्मी/पाण्डे एन्ड कम्पनी/ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवलाई पनि प्रतिवादी बनाइएको छ ।
उनीहरूविरुद्ध १ करोड ८ लाख रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिबाना र कैद दुवै सजायको मागदाबी आयोगले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ चैत्र २०८०, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा एक करोड बढी आर्जन गर्ने नापी अधिकृतविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको संख्या तेब्बरले वृद्धि
घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो