परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ नेता वाङबीच आर्थिक विकासमा केन्द्रित रहेर छलफल

सफल खबर संवाददाता

मंगलबार, १३ चैत्र २०८०, १० : ४३
परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ नेता वाङबीच आर्थिक विकासमा केन्द्रित रहेर छलफल

बेइजिङ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार चिनियाँ विदेशीमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।विदेशमन्त्री वाङ यीको निम्तोमा एक साता लामो भ्रमणका सोमबार बिहान बेइजिङ पुगेका श्रेष्ठले आज चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्न लागेका हुन् ।

विदेशमन्त्री वाङ यीसँगको भेटमा यसअघि नेपालसँग भएका सम्झौता कार्यान्वयनको समीक्षा र चीनको विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ(बीआरआई) परियोजना कार्यान्वयनको विषयमा छलफल हुने बताइएको छ ।  नेपालले सन् २०१७ मेमा बीआरआई परियोजनामा हस्ताक्षर गरेपछि नौ वटा परियोजनामा काम गर्ने प्रस्तावमा छलफल गरे पनि हालसम्म कुनै परियोजना अगाडि बढेको छैन ।

यसपटक चीनले नेपालसँग कुनै एक परियोजना सुरुवात गर्ने चाहना राखेको छ । त्यसका लागि परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबिच हुने छलफल पछि प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

वाङ यीसँगको भेटमा बीआरआई परियोजनाबारेमा बढी छलफल हुनेछ । बेइजिङस्थित नेपाल दूतावासका अनुसार छलफल यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका सम्झौताका बुँदाहरूमा समेत छलफल हुनेछ ।

यसअघि, सोमबार परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समितिका सदस्य वाङ हुनिङसँग भेटवार्ता गरेका थिए । भेटमा गत ६ महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा भएका सहमतिपछि भएका प्रगति र चीनको विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ(बीआरआई) परियोजना कार्यान्वयनको विषयमा छलफल गरिएको थियो । 

वाङ चिनियाँ कम्युनिस्ट पार्टीका सात सदस्यीय स्थायी समितिका पाँचौँ नम्बरका सदस्य हुन् । उनी चिनियाँ सरकारको सल्लाह दिने चिनियाँ पिपुल्स पोलिटिकल कन्सल्टेभिक कन्फरेन्स(सीपीपीसीसी)का अध्यक्ष समेत हुन् । चीन र नेपालबिच भएका सहमतिहरूलाई कार्यान्वयन पक्षमा अगाडि बढाउन र नेपालको विकास साझेदारीमा चीनको साथ सहयोग रहने उनले प्रतिबद्धता जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस