उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजनीतिक ब्युरोका स्थायी समिति सदस्य वाङबीच भेटवार्ता

सफल खबर संवाददाता

सोमबार, १२ चैत्र २०८०, १९ : ४७
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजनीतिक ब्युरोका स्थायी समिति सदस्य वाङबीच भेटवार्ता

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार चाइनिज पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सका अध्यक्ष तथा राजनीतिक ब्युरोका स्थायी समिति सदस्य वाङ हुनिङसँग भेटवार्ता गरेका छन् ।

विदेशमन्त्री वाङ यीको निमन्त्रणमा आइतबार नौ दिने चीन भ्रमणमा निस्केका उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङमा राजनीतिक ब्युरोका स्थायी समिति सदस्य वाङसँग पनि भेटवार्ता गरेका हुन् । उक्त अवसरमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध उत्कृष्ट रहेकोमा खुसी व्यक्त गरे ।

साथै, उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेर छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले मंगलबार परराष्ट्रमन्त्री वाङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि उनी छोङछिङ, ल्हासा र छेन्दु भ्रमणमा निस्कने छन् ।

प्रतिक्रिया दिनुहोस