चितवन। भरतपुर महानगरपालिका वडा नम्बर ८मा रहेको ज्योति यूवा क्लवले नयाँ नेतृत्व चयन गरेको छ । संस्थाको २३औँ बार्षिक साधारण सभा तथा विशेष अधिवेशनले उपेन्द्र प्रसाद रिजालको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा राजेन्द्र राउत, सचिवमा जिवन पौडेल, कोषाध्यक्षमा शुनिल गुरुङ, सह(सचिवमा भरत गौतम चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यमा फुलमाया थापा, जनक कंडेल, सन्ध्या कंडेल, राममाया श्रेष्ठ, बिष्णुप्रसाद आचार्य, आयुष सुवेदी रहेका छन् ।
गौरिगञ्जमा रहेर यस क्लवले विभिन्न सामाजिक काम गर्दै आएको छ । आगाडि दिनमा पनि सामाजिक उत्तरदायित्वका काम गर्दै जाने सचिव जिवन पौडेलले बताए । यस समितिको कार्यकाल दुई वर्षको हुनेछ । अधिवेशनको अवसरमा होलिको समेत शुभकामना आदानप्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ चैत्र २०८०, १४ : ३६
लेखकबाट थप