हाेलीमा रंगिएको बसन्तपुर (फोटो फिचर)

सफल खबर संवाददाता

आइतबार, ११ चैत्र २०८०, १२ : ५५
हाेलीमा रंगिएको बसन्तपुर (फोटो फिचर)

काठमाडौं । विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसागै रमेका छन् ।

भिडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ । मध्यान्ह हुँदै जाँदा विशेषगरी युवाहरूको जमघट उत्तिकै बढेको छ ।

होली मनाउन आउनेको भिडले असनको इन्द्र चोक, काल भैरव मन्दिरका सिँढीहरू खचाखच देखिन्छ । ठेलमठेल र हुटिङका बीच ‘ह्याप्पी होली’ का चर्को स्वरले गुञ्जिएको छ यतिखेर वसन्तपुर ।

प्रतिक्रिया दिनुहोस