काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दलित समुदायबाट एक जना मन्त्री बनाउने बताएका छन् । अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरू सामाजिक न्याय र समानताको पक्षमा रहेको बताए।
उनले भने- महिलाहरू अहिले सशक्त भएका छन्। विभिन्न ठाउँमा जिम्मेवारी लिएका छन्। कहिले कहिले मन्त्री किन भएन भन्ने हुन्छ। यस पटक पनि मन्त्री हुन्छ एउटा ठाउँ छ त्यहाँ। यस पटक पनि मन्त्री हुन्छ। पहिले पहिले पनि मन्त्री हुने गरेका थिए। तर, सबै जाति सबै समुदायबाट सबै सधैँ नपर्न पनि सक्छन्।
उनले पार्टी सचिवालयमा पनि एक जना दलित समुदायको सहभागिता रहेको बताए।
उनले भने- पार्टीको माथिल्लो कमिटीमा छविलाल विश्वकर्मा हुनुहुन्छ। उहाँ पटक पटक मन्त्री पनि हुनुभएको छ। अहिले सुदूरपश्चिम प्रदेश इन्चार्ज पनि हुनुहुन्छ। हाम्रो पार्टीमा साथीहरूलाई जिम्मेवारी दिने काम कुनै ध्यान पुगेको छैन भन्ने ठाउँ छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ चैत्र २०८०, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी