काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई अहङ्कार हटाउन र विनम्र बन्न निर्देशन दिएका छन् । बुधबार एमाले काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता कार्यकर्तामा अहङ्कार बढेको आभास पाएको भन्दै अहङ्कार हटाएर विनम्रता हासिल गर्न निर्देशन दिएका हुन् ।
‘अहङ्कार हटाउनुस् । विनम्रता हासिल गर्नुस्’, अध्यक्ष ओलीले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘हरेक दिनको तपाईँसँग नोट हुनुपर्छ कि आज मैले के गरेँ ?, हरेक दिन के गर्दै हुनुहुन्छ योजना हुनुपर्छ । यति समयभित्र यी सदस्य र कमिटी बनाउँछु । योजनाबद्ध काम गर्नुभएन भने केही हुँदैन ।’
अध्यक्ष ओलीले कतिपय पार्टी कमिटीमा आफूले आलोपालो जस्ता कुरा सुनेको भन्दै त्यस्तो कुरा विचारहीन मान्छेले मात्रै गर्ने बताए । ‘अहिले मेरो, मेरोपछि तपाईँको पालो, धारामा पानी थाप्ने र दसैँमा चिनी किन्न लाइनमा बसेको होर आलोपालो ?’, ओलीले प्रश्न गर्दै भने, ‘नेतृत्व गर्ने कुरा योग्यता क्षमता, सक्रियता र बुझाइमा भर पर्छ ।’
अध्यक्ष ओलीले मानिस असफल हुँदै गएपछि फ्रस्टेसनमा जाने बताए । उनले भने, ‘एक जना आफूलाई कम्युनिस्ट भन्ने पुराना नेता छन् । मोहनविक्रम सिंह नाम हो उहाँको । अहिले उहाँ कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटीपिटी रोएर उधुम छ बुढाको ।’ सिंह अहिले पनि कांग्रेस आएको भए आफ्नी श्रीमतीलाई राष्ट्रिय सभामा मनोनीत गर्थ्यो भनेर सम्झिँदै ग्वाग्वा रोहिरहेको बताए । ‘त्यसरी पनि पतन हुँदो रहेछ मान्छे । निराश, हतोत्साही भएपछि मान्छे कहाँबाट के टिप्न पाइन्छ त्यतिभएपनि टिप्न पुग्छ’, ओलीले एमाले अवसर छोप्ने पार्टी नभएको दाबी समेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी