ई-सेभेन भिसा र इजरायलमा नेपाली कामदार पठाउने निर्णय नभएको श्रममन्त्रीको दाबी

सफल खबर संवाददाता

मंगलबार, ०६ चैत्र २०८०, २१ : ०३
ई-सेभेन भिसा र इजरायलमा नेपाली कामदार पठाउने निर्णय नभएको श्रममन्त्रीको दाबी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ई-सेभेन भिसामा कोरिया र इजरायलमा बिटुबी मोडलमा नेपाली कामदार पठाउने कुनैपनि निर्णय बताएका छन् ।

मंगलबार सिंहदरवारस्थित मन्त्रालयमा पत्रकारहरूसँग भएको छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सो दाबी गरेका हुन् । उनले पछिल्लो समय ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ-सेभेन भिसामार्फत पनि नेपाली दक्ष कामदार पठाउने सम्झौता भएको भन्नेकुरा सत्य नभएको बताए।

उनले ई सेभेन भिसामार्फत दक्षिण कोरियामा नेपाली कामदार पठाउने विषयमा सरकारले छलफलसमेत अघि नबढाएको बताए । उनले ई-सेभन भिषाका विषयमा सरकारको संलग्नता नभएको भन्दै अध्ययनको लागि कार्यदल गठन भएको त्यसको प्रतिवेदनको आधारमा अघि बढ्ने बताएका छन् ।

उनले कोरियाले इ सेभेन भिसा अन्तर्गत निजी क्षेत्र अर्थात् (बिटुबी) मार्फत कोरियाले दक्ष कामदार लैजाने विषयमा सत्यता नभएको जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस