यस्तो छ गठबन्धनको न्यूनतम साझा संकल्प (पूर्णपाठ)

सफल खबर संवाददाता

मंगलबार, ०६ चैत्र २०८०, १६ : ४७
यस्तो छ गठबन्धनको न्यूनतम साझा संकल्प (पूर्णपाठ)

काठमाडौँ । सत्तारुढ ५ राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक भएको छ । न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प तय गर्न बनेको १० सदस्यीय कार्यदलका संयोजक विष्णु पौडेलले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।

कार्यदलले शनिबार प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरूलाई साझा संकल्पको मस्यौदा हस्तान्तरण गरेको थियो । कार्यदलले बुझाएको मस्यौदालाई अन्तिम रूप दिएर मंगलबार सार्वजनिक गरिएको छ।राजनीतिक स्थायित्व, विकास र सामाजिक न्याससहित आर्थिक समृद्धिमा सङ्कल्प प्रस्तावमा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस