कैलाली। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर बदनाम गराउन खोजेको आरोप लगाएका छन् ।
आज प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरर्जस्ती बदनाम गराउन खोजिएको दाबी गरे । लामिछानेको सहकारीसँग कुनै सम्बन्ध नभएको भन्दै उनले छानबिनमा कुनै प्रभाव नपर्ने जिकिर गरे । उनले सहकारीपीडितले चाँडै न्याय पाउने समेत उल्लेख गरे । “कुनै मन्त्री वा सांसदविरुद्ध उजुरी पर्दैमा पद नरहने भए मन्त्री र सांसद सबै खाली हुने अवस्था हुने थियो”, उनले भने ।
उनले प्रदेश सरकारको भागबण्डा र कम्युनिष्ट पार्टीबीचको एकीकरणबारे अनुमानका भरमा प्रतिक्रिया दिन नहुने टिप्पणी गरे । सोमबार एमाले डडेल्धुराको नवौँ अधिवेशन उद्घाटन गरेर धनगढी आइपुग्नु भएका ओली आज काठमाडौँ फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली