काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले लामिछानेको राजीनामा माग गरेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारीका पीडितहरूले माघ २२ गते बचतकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र माओवादी विद्यार्थी दीपेश पुन सहित १८ विरुद्ध उजुरी दिएको उनको भनाई छ ।
‘दीपेश पुन गिरफ्तार भए पनि रवि लामिछानेजीले अझै ठुलो पद पाउनु भएको छ,’ उनले भने, ‘पीडितहरूले गोर्खा मिडिया प्रालिलगायतलाई विपक्षी बनाएर सप्रमाण उजुरी दिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लामिछानेविरुद्ध अनुसन्धान नै सुरु गरेको उनको भनाई छ ।’
तत्कालीन गृहमन्त्रीले यस विषयमा अनुसन्धान निर्देशन दिए पनि सत्ता समीकरण बदलिएपछि अहिले जोविरुद्ध अनुसन्धान गर्नुपर्ने हो त्यही व्यक्ति गृहमन्त्री बनेको गिरीले आरोप लगाए ।
‘जसरी पनि गृह मन्त्रालय नै चाहिन्छ भनेर सरकारमा सामेल हुनुले निष्पक्ष छानबिन प्रक्रियामा बाधा हुने देखिन्छ,’ उनले भने, ‘तसर्थ हामी उहाँको राजीनामा माग गर्दछौँ।’सहकारी र लघुवित्त पीडितको कुरा आफूहरूले उठाउँदै आए पनि त्यसबारे गम्भीरतापूर्वक अझै सुनुवाइ नभएको उनको गुनासो थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
कांग्रेस सभापति थापा आज सर्लाही जाँदै
कांग्रेसले गर्यो जनकपुरको चुनावी सभा स्थगित, यस्तो छ कारण
राष्ट्रिय सभा चुनाव आज, कांग्रेसले गठबन्धनमा के गर्ला ?