काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा सहभागी भएर मृत्यु भएका परिवारलाई क्षतिपूर्ति र बीमावापतको रकम उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै रुसी सेनामा भर्ना भएका नेपालीहरूलाई फिर्ता ल्याउन सरकारले पहल गरिरहेको बताए।
उनले भने- रुसी विदेश मन्त्रालयले सेनामा भर्ती भएकाहरू मध्ये घर फर्किन चाहनेहरूलाई करार रद्द गर्न सहयोग गर्नेबारे आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ। तर, त्यसको मोडालिटी तय हुन बाँकी रहेको छ। यसबारे मस्को स्थित नेपाली राजदूतावासले निरन्तर फलोअप गरिरहेका छ। युक्रेनमा बन्दी बनाइएकाहरूको फोटो सार्वजनिक भएको छ। उहाँहरूलाई नेपाल फर्काउने प्रयास भइरहेको छ।
रुसी सेनामा रहेका नेपालीहरूको सन्दर्भमा र युक्रेनमा रुसी सेनामा भर्ती भएकै कारणले बन्दी बनाइएका नेपालीहरुबारे सरकारले सम्पूर्ण रूपले समस्या समाधान गर्ने संकल्पको साथ अघि बढिरहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ