महाधिवेशनबारे छलफल गर्न जसपा केन्द्रीय प्रचार विभागको बैठक

सफल खबर संवाददाता

शनिबार, ०३ चैत्र २०८०, १३ : १५
महाधिवेशनबारे छलफल गर्न जसपा केन्द्रीय प्रचार विभागको बैठक

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रचारप्रसार तथा प्रकाशन केन्द्रीय विभागको बैठक आह्वान गरिएको छ ।आज दिउँसो १ बजे विभागको कार्यालयमा बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारको तयारीका बारेमा छलफल गरिने छ ।जसपाको आगामी जेठ २८ गतेदेखि शुरू हुने महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजको मस्यौदा तयार गर्न समितिले काम थालेको छ ।महाधिवेशन धनुषामा हुने तय भएको प्रमुख बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस