आजपाले काठमाडौंमा जनप्रदर्शन गर्ने

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, २१ : ४८
आजपाले काठमाडौंमा जनप्रदर्शन गर्ने

काठमाडौँ ।आम जनता पार्टी (आजपा)ले जनआन्दोलन दिवसको अवसरमा काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले आगामी २४ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष प्रभु साहले जनकारी दिए । 
जनआन्दोलनको अवसरमा आजपाले लुट, भ्रष्टाचार, अनियमितता, कुशासनका बिरुद्धमा जनप्रदर्शन गर्न लागेको जनाइएको छ । 

बैठकले जनप्रदर्शनलाई व्यवस्थित गर्नका लागि विभिन्न समितिहरु समेत गठन गरेको छ । जसअनुसार  वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहको संयोजकत्वमा व्यवस्थापन समिति, उपाध्यक्ष अरुण घिसिङ, उपमहासचिव चन्द्रभुषण साह रहेको प्रचार प्रसार समिति, महासचिव त्रिभुवन साहको संयोजकत्वमा जनपरिचालन समिति गठन भएको छ ।   
आजपाले भ्रष्टाचार, अनियमितता, कुशासनलगायतका बिरुद्धमा निरन्तर प्रदर्शन एवं विरोधका कार्यक्रम गर्दै आएको छ । 
यसैबीच बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिलेको व्यवस्था असफल भएकाले मुलुक समृद्ध बन्न नसकेको दाबी गरे । मुलुकलाई समृद्ध बनाउँनका लागि शासन सत्तामा आम जनताको पहुच हुनुपर्ने उनले धारणा राखे ।

प्रतिक्रिया दिनुहोस