विराटनगर। नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेकोले राजीनामा दिनुपर्ने बताए ।
राजीनामा दिन आलटाल गरे आफूहरूले आवश्यक कदम चाल्ने उनले बताए । ‘सभामुखबाट अल्पमतमा परेको सूचना प्राप्त गरेसँगै राजीनामा दिनुपर्छ,’ शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले भने, 'राजीनामा नदिए संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिनुपर्यो ।
यदि प्रक्रियामा पनि नगएर जबर्जस्ती गर्न खोज्नुभयो भने उहाँलाई संसदबाट नै संविधानअनुसार दुई दिनमा अल्पमतमा पार्छौँ ।’
उनले अबका दुई दिनभित्र नयाँ गठबन्धनमा कोशी कसको भागमा पर्छ भन्ने टुंगो लाग्ने बताए । ‘सम्भवतः आज वा भोलि केन्द्रबाट टुंगो लाग्छ । टुंगो लागेपछि माओवादी र एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा दिनुहोला ।
उहाँहरूले छोडेको २४ घण्टाभित्र हामीले स्टेप चाल्छौं । त्यसपछि राजीनामा दिँदा पनि उहाँले अप्ठ्यारो गरी राजीनामा दिनुपर्ने हुन्छ,’ भण्डारीले भने ।सहमतिअनुसार एमालेको भागमा कोशी प्रदेश परे पुनः हिक्मत कुमार कार्की मुख्यमन्त्री बन्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ चैत्र २०८०, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)