विराटनगर। नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेकोले राजीनामा दिनुपर्ने बताए ।
राजीनामा दिन आलटाल गरे आफूहरूले आवश्यक कदम चाल्ने उनले बताए । ‘सभामुखबाट अल्पमतमा परेको सूचना प्राप्त गरेसँगै राजीनामा दिनुपर्छ,’ शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले भने, 'राजीनामा नदिए संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिनुपर्यो ।
यदि प्रक्रियामा पनि नगएर जबर्जस्ती गर्न खोज्नुभयो भने उहाँलाई संसदबाट नै संविधानअनुसार दुई दिनमा अल्पमतमा पार्छौँ ।’
उनले अबका दुई दिनभित्र नयाँ गठबन्धनमा कोशी कसको भागमा पर्छ भन्ने टुंगो लाग्ने बताए । ‘सम्भवतः आज वा भोलि केन्द्रबाट टुंगो लाग्छ । टुंगो लागेपछि माओवादी र एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा दिनुहोला ।
उहाँहरूले छोडेको २४ घण्टाभित्र हामीले स्टेप चाल्छौं । त्यसपछि राजीनामा दिँदा पनि उहाँले अप्ठ्यारो गरी राजीनामा दिनुपर्ने हुन्छ,’ भण्डारीले भने ।सहमतिअनुसार एमालेको भागमा कोशी प्रदेश परे पुनः हिक्मत कुमार कार्की मुख्यमन्त्री बन्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ चैत्र २०८०, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले र नेतृत्वमाथि हमलाको प्रतिवाद नपुगेको निचोडसहित यस्ता छन् संगठन विभागका निर्णय
संघीय मामिलामन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न एमालेको माग
एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला आज
विधान महाधिवेशनको तयारीमा एमाले: आज जनसंगठनका पदाधिकारीहरूको भेला
सोबिताको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग
आलमलाई सफाइ दिने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ : एमाले