सहिदको सपना पूरा भए मात्रै क्रान्ति सफल हुन्छ : श्रेष्ठ

आइतबार, १९ कार्तिक २०७४, १९ : ३२
सहिदको सपना पूरा भए मात्रै क्रान्ति सफल हुन्छ  : श्रेष्ठ


गोरखा । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर (२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले सहिदको सपना पूरा भए मात्रै क्रान्ति सफल हुने बताउनु भएको छ ।

परिवर्तनका निम्ति लडेका महान सहिदहरुको सपना पूरा गर्न मैले उम्मेदवारी दिएको हु श्रेष्ठले भन्नुभयो जनयुद्ध , जनआन्दोलनको सफलता बाट देशमा लोकतन्त्र गणतन्त्र आयो तर आम नागरिकले लोकतन्त्र(गणतन्त्रको महशुस गर्न पाएका छैनन । नेकपा माओवादी केन्द्र र नेकपा एमाले (बाम गठबन्धन) ले सुलिकोट गाउँ पालिका ६ ताकुकोट पाल्कुमा जनयुद्धका सहिद आशाकाजी श्रेष्ठ, बिमला भट्ट, क्षेत्र महत र सुजिता खत्री को सम्झनामा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै श्रेष्ठले जनयुद्ध र जनआन्दोलन बाट प्राप्त उपलब्धिलाई सस्थागत गरेर समाजवाद सम्म पुग्न अभियानमा जुटेको बताउनुभयो । छुट्टाछुट्टै बसेर एक्लाएक्लै बसेर सहिदको सपना पूरा गर्न नसकिने निष्कर्ष निकाल्दै अब देशभरका बामपंथी (कम्युनिष्ट) हरु एक ढिक्का भएर एउटै पार्टीमा बसेर आर्थिक , सामाजिक क्रान्ति गरिने श्रेष्ठले प्रष्ट पार्नुभयो ।

सहिद आशाकाजी श्रेष्ठ निष्ठावान नेता भएको स्मरण गर्दै आशाकाजी जस्तै बिमला भट्ट, क्षेत्र महत र सुजिता खत्री सहितका सयौ हजारौं सहिदका सपना पुरा गर्न र ऐतिहासिक क्रान्ति सफल पार्न बामपंथीलाई बिजयी गराउन श्रेष्ठले आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस