काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैह्रेले परिस्थिति बदलिएसँगै नेपालका कम्युनिष्ट पार्टीहरुबीचको सहकार्यलाई एकताको तहसम्म जाने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै लोकतन्त्रवादी शक्तिहरूबीच सहकार्यको अगाडि बढाउनुपर्ने बताए ।
उनले भने- परिस्थिति बदलिएको छ। एमालेको सोच र योजनामा यो सहकार्य देशको समस्या समाधान गर्नको लागि थप शसक्त हुनेछ । राष्ट्रिय स्वाधीनता, सार्वभौमता र राष्ट्रिय अखण्डतालाई सदृढ गर्ने, समाजवाद उन्मुख कार्यक्रमहरूलाई लागू गर्ने र राजनीतिक स्थायित्वका साथ हामी अघि बढ्दैछौं । जनताको निराशालाई अन्त्य गर्दै नेपालका कम्युनिष्ट पार्टीहरुबीचको सहकार्यलाई मजबुद बनाउँदै एकताको तहसम्म विकसित हुने र सबै तहसम्म सशक्त, लोकतन्त्रवादी शक्तिहरूबिच सहकार्यको विकास हुँदै छ ।
उनले सुशासन विकास, समृद्धि र सामाजिक न्यायमा समान सोच राख्ने देशका महत्त्वपूर्ण जिम्मेवार राजनीतिक दलहरुबीच सहकार्य सुरु भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ चैत्र २०८०, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)