काठमाडौँ । देशका विभिन्न स्थानबाट काठमाडौँ आएका सहकारी पीडितहरूले आज जनदबाब सिर्जना गर्न प्रदर्शन गर्न लागेका छन् ।
चैत मसान्तभित्र सबै सहकारी पीडितहरूको सावाँ ब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा पूरा नगरेको र आफ्ना मागहरूको सम्बोधन नभएको भन्दै पीडितहरूले काठमाडौँका विभिन्न स्थानमा भेला भएर भृकुटीमण्डपमा कोण सभा गर्न लागेका हुन् ।
पीडितहरूले आजको प्रदर्शनका लागि कालीमाटी, गोङ्गबु नयाँ बसपार्क एरिया नजिकको बिजी मल, सिफल चौर शंखपार्क, र जावलाखेलबाट ११ बजे र्याली निकालेर पाँचै टोली सुनधारामा भेला हुने तय छ । त्यहाँबाट भृकुटीमण्डप पुगी पीडितहरूले कोणसभा गर्ने कार्यक्रम छ ।
सहकारी पीडितहरूको प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)ले गरेको छ । काठमाडौँ उपत्यकासहित देशभरि विभिन्न सहकारीमा सञ्चालकबाट ठगिएका बचतकर्ता व्यवसायी र सर्वसाधारणहरूले महिनौँदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् । तर, सरकारले पीडितको समस्या समाधान नै हुने गरी कुनै पहल लिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ चैत्र २०८०, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ जना बचतकर्ताको बचत रकम फिर्ता
सुरु भयो सहकारीको बचत फिर्ता
सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय