नेप्सेमा ५८.५८ अंकको वृद्धि, ५ लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो

सफल खबर संवाददाता

मंगलबार, २९ फागुन २०८०, १५ : ४०
नेप्सेमा ५८.५८ अंकको वृद्धि, ५ लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं। मंगलबार नेप्से परिसूचक ५८.५८ अंकले बढेको छ।यसदिन नेप्से २.८५ प्रतिशतले बढेर २१११.२४ विन्दुमा बन्द भएको छ।मंगलबारको बजारमा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् आइतबार २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रूपैयाँको कारोबार भएको थियो।अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ६३ करोड रूपैयाँ वृद्धि भएको हो।यस दिन ३०५ वटा धितोपत्रको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार २२० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ वटाको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।यस दिन ५ वटा लघुवित्त कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको हो। 

हिमालयन ८०–२० को मूल्य सर्वाधिक २.५७ प्रतिशतले घटेको छ। उक्त कम्पनीको इकाइ मूल्य ९ रूपैयाँ १० मा झरेको छ।यस्तै, मोलुङ हाइड्रोपावरको सेयरमूल्य २.५३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४६३ रूपैयाँ कायम भएको छ।मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ५५४ रूपैयाँमा ३७ करोड १९ लाख बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा ३.१७ प्रतिशत बढेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोनापुर मिनरल्स रहेको छ।

उक्त कम्पनीको प्रतिकित्ता ५२६ रूपैयाँ ९० पैसामा २४ करोड ०९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।यस दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ५.०५ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस