काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन जना नेतालाई निलम्बन गरेको छ ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सामाजिक सञ्जालमा पार्टी हित विपरीत भ्रम फैलाउने, पार्टीको नीति, नेतृत्व र एकता विरुद्ध निरन्तर नकारात्मक धारणा दिँदै आएका कारण उनीहरूलाई निलम्बन गरिएको हो ।
निलम्बनमा पर्नेहरूमा महाधिवेशन प्रतिनिधिद्वय पूर्व केन्द्रीय सदस्यहरू सिन्धुपाल्चोकका भीमसेन खनाल र दाङका हंसराज केसी तथा बर्दियाको ठाकुरबाबा नपाका पूर्व अध्यक्ष गोरख बहादुर बम रहेका छन् ।
उनीहरूलाई पार्टी सदस्यबाट निलम्बन गर्ने अनुशासन समितिको सिफारिसलाई कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ फागुन २०८०, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी
राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु
मधेश केन्द्रित चुनावी अभियानमा राप्रपा