चालु आन्तरिक कर्जा ३.२ प्रतिशतले बढ्यो

पत्रपत्रिकाबाट

मंगलबार, २९ फागुन २०८०, ०७ : ३६
चालु आन्तरिक कर्जा  ३.२ प्रतिशतले बढ्यो

काठमाडौ । चालु आर्थिक वर्षको सात महिनामा कुल आन्तरिक  कर्जा  ३.२  प्रतिशतले  बढेको  छ  ।  अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.९ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो कर्जा ८.० प्रतिशतले बढेको छ । समीक्षा   अवधिमा  मौद्रिक   क्षेत्रको   सरकारमाथिको खुद दाबी ७.३ प्रतिशतले घटेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ४.१  प्रतिशतले  बढेको  थियो  ।  वार्षिक  बिन्दुगत  आधारमा २०८० माघ मसान्तमा यस्तो दाबी २०.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको  निजी  क्षेत्रमाथिको  दाबी  ५.१  प्रतिशतले  बढेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी ४.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी  क्षेत्रमाथिको  दाबी  ५.४  प्रतिशतले  बढेको छ, गोरखापत्रमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस