२३ अर्बको टेलिकम्युनिकेसन उपकरण आयात

सफल खबर संवाददाता

सोमबार, २८ फागुन २०८०, १४ : २४
२३ अर्बको टेलिकम्युनिकेसन उपकरण आयात

काठमाडौँ । चालू आर्थिक वर्षको सात महिनामा करिब २३ अर्बको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् नेपाल भित्रिएका छन् ।

चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो साता (साउनदेखि माघ) महिनासम्म २२ अर्ब ६२ करोड ६८ लाख रुपैयाँको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस आयात भएको नेपाल राष्ट्र बैंकको तथ्याङकले देखाएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा भने २१ अर्ब ६९ करोड १९ लाख रुपैयाँको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् नेपाल भित्रिएका थिए । जुन अघिल्लो वर्षको तुलनामा ४.३ प्रतिशतले बढी हो ।

यो सात महिनामा नेपालमा सबैभन्दा बढी चीनबाट १६ अर्ब २४ करोड २६ लाख रुपैयाँको टेलिकम्युनिकेसन उपकरण तथा पार् टस नेपाल भित्रिएका छन् ।