राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, २८ फागुन २०८०, ११ : ०६
राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार पनि बस्दै छ । बैठक मध्यान्न १२ बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ । शनिबार पनि बसेको थियो । तर नेताहरूबीच विवाद हुँदा बैठकमा निर्णायक छलफल हुन सकेन ।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको सडक आन्दोलनका कार्यक्रम र नवीन राप्रपा कार्ययोजना लगायतका सन्दर्भमा छलफल भइरहेको छ । बैठकका निष्कर्ष आज (सोमबार) सार्वजनिक गरिने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । 

 

 

प्रतिक्रिया दिनुहोस