काभ्रे । काभ्रेमा पतिको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
नमोबुद्ध नगरपालिका ५ कानपुर बस्ने ५९ वर्षीय धनबीर दमाईलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनकी पत्नी ४० वर्षीय कमला परियारलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार बिहान साढे नौ बजे रक्सीको नसामा रहेकी कमलाले घरायसी विवादमा निगालोको लठ्ठीले टाउकोमा हान्दा धनबीरको घटनास्थलमै मृत्यु भएको हो।
घटनाको खबर पाएपछि शनिबार बिहान ११ बजे कानपुर चौकीबाट गएको प्रहरीले कमलालाई पक्राउ गरेको छ। घटनको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ फागुन २०८०, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिरबाट लडेर एक युवकको मृत्यु
कपिलवस्तुमा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु
मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु
अमेरिकामा भएको कार दुर्घटनामा परि दुई नेपालीको मृत्यु
छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
करेन्ट लागेर युवकको मृत्यु