सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट

सफल खबर संवाददाता

शुक्रबार, २५ फागुन २०८०, १२ : ५२
सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आईपीओ बाँडफाँट गरिएको हो । मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो। जस अनुसार ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

यसरी बाँडफाँट गर्दा शेष रहेको २६ कित्ता पनि ५० कित्ताभन्दा बढी आवेदन दिएका लगानीकर्ताहरूमाझ बाँडफाँट गरिएको छ। जस अनुसार २६ जना लगानीकर्ताले थप एक कित्ता अर्थात् कुल ५१ कित्ता शेयर प्राप्त गरेका छन्।

कुल नौ लाख ६० हजार ३०१ जनाबाट पाँच करोड ६ लाख १३ हजार ३६० कित्ता सेयरका निम्ति आवेदन परेको क्यापिटलले जानकारी गराएको छ । तीमध्ये नौ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत भएको थियो । एक हजार ३४२ आवेदन रद्द भएको छ ।

प्रतिक्रिया दिनुहोस