काठमाडौँ । पाठेघरको मुखको क्यान्सरको राष्ट्रव्यापी सचेतना अभियान सुरु भएको छ । एनसेल, मेरी स्टोप्स इन्टरनेशनल नेपाल र अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभाग (DFAT) को संयुक्त सहकार्यमा पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि राष्ट्रव्यापी सचेतना अभियान सुरु भएको हो ।
यस अभियानको मुख्य उद्देश्य अभियान लागू हुने जिल्लाहरूमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउ पुर्याउने रहेको छ । पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पहिलो स्थानमा रहेको सरकारी तथ्याङ्क छ ।
यही मार्च देखि सञ्चालन हुने सचेतना अभियान अन्तर्गत ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलापहरू सञ्चालन गरिनेछन्।एनसेलको सेवा सञ्जालको पहुँचलाई उपयोग गर्दै यस अभियानका लागि पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्त्वपूर्ण जानकारी प्रवाह गरिने जनाएको छ । त्यसैगरी आमसञ्चार माध्यम, सामाजिक सञ्जाल र सामुदायिक संलग्नता लगायत विभिन्न सञ्चार माध्यमको प्रयोग गरिनेछन् ।
यस सचेतना अभियान अन्तर्गत सञ्चालन गरिने मुख्य मुख्य क्रियाकलापहरूमा आमसञ्चार माध्यमद्वारा सचेतनामूलक अभियान सञ्चालन गर्ने, पाठेघरको मुखको क्यान्सरको रोकथाम र उपचारसम्बन्धी जानकारीलाई लक्षित समूहसम्म प्रभावकारी ढङ्गले पुर्याउन विभिन्न सरकारी निकायहरू तथा संघसंस्थाहरूसँग सहकार्य तथा साझेदारी गर्ने, टेलिभिजन र रेडियोमा विशेष कार्यक्रम तथा विशेष कुराकानीमा आधारित कार्यक्रम टक शोहरू सञ्चालन गर्नुका साथै रेडियो स्टेसनहरूमा जनहितमा जारी सूचनाहरू सम्प्रेषण गर्ने, अभियानलाई प्रवर्द्धन गर्न र अभियानसम्बन्धी सचेतनामूलक सन्देशहरू प्रवाह गर्न सोसल मिडिया इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्ने, पाठेघरको मुखको क्यान्सर रोकथाम र खोपसम्बन्धी सचेतनामूलक दृश्य श्रव्य सामग्रीहरू तयार पारी प्रसारण गर्ने, एनसेलसँग सहकार्यमा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले 'वाकाथन' को आयोजना गर्ने, अभियानका सन्देशलाई आउटबाउन्ड रिङटोन र एसएमएसमार्फत लक्षित वर्गसम्म पुर्याउने आदि जस्ता कार्यक्रमहरू गरिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार वर्षमा दुई हजार महिलाको पाठेघरको शल्यक्रिया
टीकापुर अस्पतालमा चार वर्षमा दुई हजार महिलाको पाठेघरको शल्यक्रिया
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज १० गतेसम्म
किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप