गठबन्धन टुट्दा लुकेको खुसी मिलेको छ : शशाङ्क कोइराला

सफल खबर संवाददाता

विहीबार, २४ फागुन २०८०, १२ : ११
गठबन्धन टुट्दा लुकेको खुसी मिलेको छ : शशाङ्क कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शशाङ्क पौडेलले माओवादीसँगको गठबन्धन टुटेकोमा आफू खुसी भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन टुट्नुमा ‘ब्लेसिङ्ग इन डिस्गाइज’ लुकेको खुसी मिलेको बताए । उनले भने, ‘मेरा लागि खुसीको कुरा हो । जति सुकै भोट आओस् कांग्रेस लड्छ ।’

उनले कांग्रेसले कुनै हालतमा पनि कुनै दलहरूसँग पनि गठबन्धन गर्न नहुने बताए । उनले भने, ‘२०४६ सालमा पनि वामपन्थीहरुसँग कांग्रेस मिलेर ठुलो गल्ती गरेको थियो । हामीले अहिले पनि ठुलो गल्ती गरिरहेका थियौ । अहिले ठिक भएको छ । मलाई त गठबन्धन टुटेर धेरै खुसी मिलेको छ । हामीले कम्युनिस्ट स्थापित गरिरहेका छौ । ४६ सालको आन्दोलन सकिँदा सबै अञ्चलाधीशहरू थिए ।राजाहरूले कांग्रेसलाई सक्न पञ्चायतमा कम्युनिष्टहरुलाई मिलाए । दरबारले कांग्रेससँग भिड्न कम्युनिस्ट बनाए । अहिले हामी उनीहरूसँगै गठबन्धन गरेर हिँडिरहेका छौ ।’

उनले नेपाली कांग्रेस अब एक बनाएर अगाडि बढ्ने बताए । उनले प्रतिपक्षमा बसेर कडा रूपमा भूमिका खेल्ने बताए । उनले देशको धर्म न निरपेक्ष हुन्छ न सापेक्ष हुने बताए । उनले देशको धर्म सधैँ स्वतन्त्र हुने दाबी गरे । अहिलेको गठबन्धन टुट्नुमा सत्ताको खेल मात्रै भएको बताए ।

प्रतिक्रिया दिनुहोस