हेटौंडा। बागमती प्रदेशमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। केन्द्रको सत्ता समीकरण फेरिएसँगै बुधवार प्रदेश सरकारमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्।
साथै कांग्रेसले माओवादीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई दिएको समर्थन पनि फिर्ता लिएको छ। बागमती प्रदेश सरकारमा कांग्रेसका ६ जना मन्त्री रहेका थिए।
बागमतीमा कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा, वन तथा वातावरणमन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन र स्वास्थ्यमन्त्री उत्तम जोशी सरकारमा सहभागी थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा