हेटौंडा। बागमती प्रदेशमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। केन्द्रको सत्ता समीकरण फेरिएसँगै बुधवार प्रदेश सरकारमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्।
साथै कांग्रेसले माओवादीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई दिएको समर्थन पनि फिर्ता लिएको छ। बागमती प्रदेश सरकारमा कांग्रेसका ६ जना मन्त्री रहेका थिए।
बागमतीमा कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा, वन तथा वातावरणमन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन र स्वास्थ्यमन्त्री उत्तम जोशी सरकारमा सहभागी थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट