फेसबुक, इन्स्टाग्राम किन आयो समस्या ?

सफल खबर संवाददाता

बुधबार, २३ फागुन २०८०, ०७ : ०६
फेसबुक, इन्स्टाग्राम किन आयो समस्या ?

काठमाडौँ । फेसबुकको मातृ कम्पनी मेटाद्वारा सञ्चालित सामाजिक सञ्जालहरुमा एकसाथ समस्या देखिएको छ । मंगलबार रातिदेखि करिब एक घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा समस्या देखिएको हो ।

तीन वटै सामाजिक सञ्जालमा लगइन हुन सकेको थिएन भने प्रयोगकर्ताहरुले यसबारे अन्य सामाजिक सञ्जालमार्फत तीव्र चासो व्यक्त गरेका थिए । डाउन डिटेक्टरमा रिपोर्टहरु सतहमा आउन थालेसँगै राति सवा ९ बजेको आसपासमा फेसबुक र थ्रेड्सहरू लोड भइरहेको देखिएको थिएन । 

यस्तै कैयन प्रयोगकर्ताका इन्स्टाका फिडहरु पनि रिफ्रेस हुन सकेको थिएन, मेटाले समस्या आएको बताएपनि के भएको हो भनेर यकिन जानकारी दिएको छैन । ‘हामी सचेत छौं कि प्रयोगकर्ताहरूलाई हाम्रा सेवाहरू प्रयोग गर्न समस्या भइरहेको छ। हामी अहिले यसमा काम गरिरहेका छौं, मेटाका प्रवक्ता एन्डी स्टोनले सोशल मिडिया साइट एक्समा मंगलबार भनेका छन् । उनको ट्वीटको केहीबेरमा समस्या समाधान भएर सम्बन्धित सबै सोसियल साइटहरु सुचारु भएका छन् । 

यसअघि सन् २०२१ मा फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप ६ घण्टाभन्दा बढी समय  अवरुद्ध भएको थियो । त्यस समयमा  फेसबुक ब्याकबोन राउटरहरूमा कन्फिगरेसन परिवर्तन हुँदा समस्या आएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस