काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन शहरी तथा भवन निर्माण कार्यालय, राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सचिन्द्रकुमार देवसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधुवापुरको वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग ३०० मिटर दूरीको सडक कालोपत्रे गर्दा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध मंगलवार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको हो ।
भ्रष्टाचार मुद्दा लाग्नेमा सीडीई देवसहित तत्कालीन इन्जिनियर मदन राय, सब–इन्जिनियर सरोजकुमार यादव र गुन्जा कन्सट्रक्सन, खडक–८, सप्तरीका प्रोपराइटर गोविन्दप्रसाद मण्डल छन् ।उनीहरूविरुद्ध ३ लाख ४७ हजार रुपैयाँ बिगोसमेत मागिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ फागुन २०८०, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन