काठमाडौं । नयाँ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालय दाबी गरेको छ ।
गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले बताए ।
गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने उपसभापति वाग्लेले बताए । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने उनको भनाइ छ ।
‘एमालेको दाबी होला तर गृह त हामी छोड्दैनौं । गृह त हाम्रो बटम लाइन नै हो,’ उनले भने, ‘यत्रो मूल्य चुकाएर पुराना पार्टीमा जानु छ । गृह नै पाइएन भने त औचित्य नै हुँदैन ।’
मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज दिउँसो बस्दैछ । बैठकमा रास्वपाबाट वाग्ले नै सहभागी हुनेछन् ।
सोमबार नयाँ गठबन्धनसहित विस्तार भएको मन्त्रिपरिषद्मा रास्वपाबाट डिपी अर्याल मन्त्री बनिसकेका छने । मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ फागुन २०८०, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति केन्द्रीय समितिबाट अनुमोदन
बालेनको ब्यवस्थापनका लागि रास्वपाले विधानमा ‘वरिष्ठ नेता’को पद सिर्जना गर्ने
रास्वपाको समानुपातिकतर्फ ३८७ जना आकांक्षीको अन्तिम सूची सार्वजनिक
सरकारी टोलीद्वारा रास्वपा पार्टी कार्यालय अनुगमन
रवि कारागारबाट बाहिरिएपछि पुराना दलहरू आत्तिए : रास्वपा
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन