भागबन्डा मिलाउन बालुवाटारमा गठबन्धनको बैठक

सफल खबर संवाददाता

सोमबार, २१ फागुन २०८०, १७ : ०१
भागबन्डा मिलाउन बालुवाटारमा गठबन्धनको बैठक

काठमाडौं। फेरिएको सत्ता गठबन्धनमा भागबन्डा मिलाउन प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ समीकरणको बैठक जारी छ ।प्रधानमन्त्रीसहित बैठकमा एमाले अध्यक्ष केपी ओली, रास्वपा अध्यक्ष रवि लामिछानेसहितका नेताहरू सहभागी छन् ।

 

बैठकले दलहरूले लिने मन्त्रालयसहितका विषयमा छलफल गर्दैछ ।यस अघिनै दलहरूले मन्त्रालयको विषय टुंग्याउन कार्यदल गठन गरेका थिए । कार्यदलमा माओवादीबाट वर्षमान पुन, एमालेबाट विष्णु पौडेल र रास्वपाबाट रवि लामिछाने छन् ।

दलहरूले केन्द्र मात्रै होइन प्रदेशमा पनि नयाँ समीकरण अनुसारको भागबन्डा गर्ने तयारी गरेका छन् ।नयाँ समीकरणमा आजै माओवादीबाट हितराज पाण्डे, एमालेबाट डिपी अर्याल र एमालेबाट पदम गिरीले शपथ लिँदैछन् ।