काठमाडौँ । नयाँ सत्ता गठबन्धनमा सहभागी हुन जनमत पार्टीले शर्त राखेको छ ।
नेपाली काँग्रेस नेतृत्वको गठबन्धन छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने सहमति गरेपछि जनमत पार्टीको सचिवालय बैठक बसेको थियो ।
बैठकले संघीय सरकारमा राम्रो मन्त्रालय सहित मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको छ । ‘हामीलाई विगत एक वर्षमा मधेशमा पनि सही मूल्याकंन भएको छैन र संघमा पनि राम्रो समन्वय गरिएको छैन’, पार्टी सचिव बीपी साहले भने, ‘यस्तो बेला कुरा गरेर मात्रै निर्णय लिने भएका छौँ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा