‘केटी हराएको सूचना’मा नाजिर र सृष्टि

सफल खबर संवाददाता

सोमबार, २१ फागुन २०८०, १५ : २४
‘केटी हराएको सूचना’मा नाजिर र सृष्टि

काठमाडौं । दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘केटी हराएको सूचना’मा नाजिर हुसेन र सृष्टि श्रेष्ठले जोडी बाँध्ने भएका छन् । सोमबार फिल्मको घोषणा गर्दै नाजिर र सृष्टिलाई शीर्ष भूमिकामा अनुबन्धित गरिएको जानकारी दिइएको हो ।

यो फिल्ममा नाजिर र सृष्टिले पहिलोपटक सहकार्य गर्न लागेका हुन् । ट्राइसिटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको ‘केटी हराएको सूचना’को निर्माता क्यूएफएक्स सिनेमाजका सञ्चालक नकिम उद्दिन छन् । गौचनले यसअघि टेलिसिरियल ‘उजेली’ निर्देशन गरेका थिए, जसलाई निकै रुचाइएको थियो ।

प्रतिक्रिया दिनुहोस